काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले एकप्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको छ ।मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सो कुराको जानकारी गराउनुभएको हो ।
कोरोना भाइरसका संक्रमितको संख्या ९ पुगेसँगै तीन जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय सरकारले गरेको छ।मन्त्रिपरिषदको शनिबार बसेको बैठकले कञ्चनपुर, कैलाली र बागलुङ जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषदको बैठकमा लकडाउनको समयावधि बढाउने बारे कुनै निर्णय गरेको छैन ।




















