काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको वीर अस्पतालमा मृत्यु भएको छ । भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी एक महिलाको मृत्यु भएको हो ।
वीर अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइए पनि रिपोर्ट आएको छैन ।
आइतबार साँझ अस्पताल ल्याइएकी महिलालााई निमोनियाको समस्या देखिएको डक्टरले बताएका छन् । उनको आज विहान मृत्यु भएको हो ।
त्यस्तै ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको आज दिउँसो भएको हो ।



















