प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको बेला आफ्नो घरमै बस्न नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत नागरिकहरुलाई अर्काे सूचना नआएसम्म सुरक्षित साथ घरमै बस्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भन्नुभएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईहरु पनि घरमै बस्नुहोस् ।’
कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले हिजो मङ्गलबार बिहान ६ बजे देखि चैत १८ गते बिहान ६ बजे सम्म लागु हुनेगरी लकडाउन आदेश जारी गरेको छ ।