काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले संसद बैठक रोक्न माग गरेका छन । आज बसेको प्रतिनिधिसभा वैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदले कोरोनाबाट बच्न सतर्क हुनुपर्ने भन्दै संसद बैठक रोक्न माग गरेका हुन् ।
कांग्रेसका सांसदहरु भरतकुमार शाह र भीमसेनदास प्रधानले ‘कोरोनाको संक्रमणले विश्व नै त्रसित भएका बेला संसदमा समेत संक्रमण फैलने सम्भावना धेरै हुने भन्दै संसद रोक्नु पर्ने बताएका छन् ।
आफूहरुलाई संक्रमण भयो भने समस्या पर्ने भन्दै सांसद प्रधानले चाँडोभन्दा चाँडो संसद बन्द गर्नुपर्ने मग गरेका छन् ।
त्यस्तै सांसद शाहले पनि स्कुल र विद्यालय बन्द गर्नुका साथै संसद पनि रोक्नुपर्ने बताएका छन् ।