चीनबाट विश्वभरी फैलिदै गएको कोरोना भाइरसको प्रभाव नेपालको स्वास्थ्य, अर्थतन्त्रमा मात्र होइन, संस्कृतिमा पनि परेको छ । विगतका वर्षहरुमा हर्षोउल्लासका साथ होली पर्व मनाइने गरिएको थियो । राजधानीका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रमहरु समेत आयोजना गरिन्थ्यो । तर यस पटक कोरोनाको संक्रमण हुन सक्ने आशंकामा सरकारले नै आम नागरिकलाई होली पर्वमा पानी, रंग नखेल्न र समूह भेला पनि नहुने आग्रह गरेको छ ।
आज होली पर्वका अवसरमा राजधानीलगायत पहाडी जिल्लामा होली खेलिएपनि विगतका वर्षहरुको जस्तो छैन । धेरैजसोले सामान्यरूपमा आफन्तहरुसँग टीका लगाएर होली मनाएका छन् ।
केही युवाहरुले भने काठमाडौंका सडक, चोक र न्यूरोड, ठमेललगायतका क्षेत्रमा भेला भएर रङ्गहरुको पर्व होली ९फागु० मनाएका छन् ।
तस्बिर : राजेश तिम्सिना/मार्गदर्शन