काठमाडौँ । सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । अन्तःशुल्कका सम्बन्धमा थप स्पष्ट पार्ने र सो क्षेत्रमा काम गर्ने सरकारी अधिकारीको अधिकार थप स्पष्ट पार्ने लक्ष्यका साथ उक्त निर्णय गरिएको हो ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बङ्गलादेशको त्यस्तै निकायको रुपमा रहेको बङ्गलादेश स्ट्याण्डर्ड एण्ड टेस्टिङ इस्टिच्युटबीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी दिइएको छ । टे«डिङ कर्पोरेशन बङ्गलादेश र नेपालको साल्ट टे«डिङ कर्पोरेशनबीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न साल्ट टे«डिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिइएको मन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल र बङ्गलादेशका बीचमा सुविधा प्राप्त व्यापारिक सूचीको सम्झौताको भागको रुपमा रहने वस्तुको सूची तयार गर्न र सो सूची बङ्गलादेशलाई उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याललाई अख्तियारी दिने निर्णय गरेको छ । यस्तै नेपाल गुणस्तरस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट ४३ ग्रेड र ५३ ग्रेड विशिष्टीकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
सरकारले कोलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्त गरेको छ । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्रबहादुर पाण्डेलाई नियुक्त गरेको छ । त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार राजेन्द्र अर्याललाई आगामी दुई वर्षका लागि नियुक्त गरेको छ ।
सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका कानूनी सल्लाहकार युवराज कोइरालाले दिनुभएको राजीनामासमेत बैठकले स्वीकृत गरेको छ । चिनियाँ सहयोगमा निर्माण हुने चmत्रपथ विस्तार दोस्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुखलाई प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गरिएको छ ।
यसैगरी सरकारले सुपरमादी जलविद्युत् आयोजनाको विद्युत्गृह, बाँधस्थल र पेनस्टक पहुँचमार्ग रहने संरचना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने कास्कीको मादी गाउँपालिका–२ मा रहेको कूल ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुख बिरुवा हटाउनसमेत स्वीकृत दिइएको छ ।
मन्त्रिपरिषद्ले नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि पहिलो संशोधन २०७६ स्वीकृत गरेको छ । त्यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत आव २०७६÷७७ मा सञ्चालनमा रहेका आयोजनाको लागि राजपत्राङ्कित पदका पाँच अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
२०76 साल फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
१. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने ।
२. – Department of Food Technology and Quality Control (DFTQC), Nepal र Bangladesh Standards and Testing Institution (BSTI), Bangladesh बीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने।
– Trading Corporation of Bangladesh (TCB) र Salt Trading Corporation Limited (STC), Nepal बीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न STC का प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने ।
– नेपाल र बंगलादेशकाबीचमा Preferential Trading Agreement को भागको रूपमा रहने Product List (Request and Offer List) मा छलफल गर्ने वस्तुहरूको सूची तयार गर्न र सो सूची बंगलादेश पक्षलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारी प्रदान गर्ने ।
३. नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने। ।
४. कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने ।
५. जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने ।
६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार श्री युवराज कोइरालाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।
७. चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने ।
८. सुपर मादी जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका-२ मा रहेको कूलजम्मा ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरु हटाउन समेत स्वीकृति दिने ।
९. नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने ।
१०. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष मालिका गाउँपालिका ६, गुल्मीका श्री राजेन्द्रवहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गर्ने ।
११. शहरी विकास मन्त्रालय अन्तर्गत आ.व. २०७६।७७ मा सञ्चालनमा रहेका आयोजनाहरुको लागि राजपत्रांकित पदका ५ (पाँच) वटा अस्थायी दरवन्दी स्वीकृत गर्ने ।