काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यरोपण सफलताका साथ सम्पन्न होस् भन्ने सुभकामना सहित शिघ्र स्वास्थलाभको विशेष प्रस्ताव स्वीकृत गरेको छ ।
वैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको बिशेष प्रस्तावलाई वैठकले सर्वसम्मतीले स्विकृत गरेको हो ।
त्यस्तै बैठकले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको राष्ट्रिय खेलकुद विकास विधेयक २०७६ संशोधनसहित सर्वसम्मतीले पारित गरेको छ ।
गत बैठकमा प्रस्तुत कारागार विधेयक २०७६ र कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले प्रस्तुत गर्नु भएका पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ पनि स्विकृत भएको छ ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले प्रस्तुत गर्नु भएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।



















