काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रियसभाको आफ्नो दुई वर्षे कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । खतिवडा राष्ट्रिय सभामा पुनः मनोनित नभएमा उहाँ ६ महिना मन्त्री बन्नुहुने छ ।