काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने बताउनु भएको छ ।
पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज भर्ना हुनुपूर्व भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह पनि गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले आफूले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप नहुने बताउँदै भन्नुभएको छ, ‘संसारमा केही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन । हाम्रा जाग्रित हुँदै गरेका सपनाहरुलाई साकार पार्न हो ।’
उहाँले सन्देशमा भन्नु भएको छ, ‘विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय होस्, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।’
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनु भएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । उहाँलाई भान्जीले मिर्गौला दिनुहुने भएको छ ।
























