काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर ड्यासमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको हो । तर उनलाई लक्षित गरेर प्रहार भएको जुत्ता मञ्चसम्म आइपुगेन ।
जुत्ता प्रहार गर्ने रतन चिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्लाका २२ वर्षीय तिरुवालाई सिंहदरबार वृत्तमा राखिएको प्रहरीले जनाएको छ । उनीमाथि छानविन भइरहेको प्रहरीले बताएको छ ।
























