काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले विजय प्रकाश मिश्रविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दिनु भएको छ ।
आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै पूर्व मन्त्री बास्कोटाले जिल्ला अदालत काठमाडौंमा उजुरी दिनु भएको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको कुरा गरेको भन्दै मिश्रले अडियो सार्वजनिक गरेका थिए ।
अदालतमा उजुरी दर्ता गरेपछि पूर्व मन्त्री बास्कोटाले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’
फरक परिस्थिति र सन्दर्भमा बोलेका कुरालाई मिश्रले प्रविधिको दुरुपयोग गरी अडियो सार्वजनिक गरेर बदनाम गर्न प्रयोग गरेको बाँस्कोटाले बताएका छन् ।



















