काठमाडौँ । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । मन्त्री बास्कोटाले ट्वीट गर्दै राजीनामा दिएको जानकारी गराएका छन् ।
उनले ट्वीटमा भनेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’
२०७४ चैत २ गते राज्यमन्त्रीमा नियुक्त बाँस्कोटा त्यसको १४ महिनापछि मन्त्रीमा बढुवा भएका थिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि विवादमा तानिएका बास्कोटाले आपूm माथि लागेको आरोप भने अस्वीकार गरेका छन् । उनले निष्पक्ष छानविनका लागि सहयोग गर्नका लागि राजीनामा दिएको बताइएको छ
अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनले राजीनामा दिएको बुझिएको छ । बास्कोटाले प्रधनमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा पत्र बुझाइसकेका छन् ।
यसअघि आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू भ्रटाचारमा संलग्नमाथि निर्मम बन्ने र त्यो व्यवहारमा देखिएको बताउनु भएको थियो ।
मन्त्री बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्रीले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्याउनु भएको थियो ।
























