काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ।
समितिको आजको बैठकले अर्को निर्णय नहुँदासम्म थप प्रक्रिया अगाडि नबढाउनको लागि सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाममा निर्देशन जारी गर्दै हाललाई सेक्युरिटी प्रेससम्बन्धी कार्यलाई यथास्थितिमा राख्न भनेको छ ।
सार्वजनिक लेखा समितिमा बोल्ने सांसद्ले सेक्युरिटी प्रेस खरिदमा भएको भ्रष्टाचारबारे सत्यतथ्य कुरा बाहिर आउनुपर्ने बताएका छन्।

























