काठमाडौं । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ ग्रहण गर्नुभएसँगै आजै पदभार सम्हाल्नु भएको छ ।
तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेपछि मन्त्रालय पुगेर पदभार सम्हाल्नु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थीतिमा उहाँलाई पद तथा गोपनियताको सपथ दिलाउनुभएको थियो।


























