काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।
जबर्जस्ती करणी उद्योगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले सफाइ दिएसँगै रिहा भएका छन्।
बलात्कार अभियोगमा गत असोज १९ पक्राउ परेका महराले १३३ दिन थुनामा विताए । उनी डिल्लीबजार सदरखोरका कैदीले महरालाई माला र खादा लगाएर विदाइ गरेका थिए।





















