काठमाडौं । माघ २० गते बसेको मन्त्रिपरिषद् वैठकले विभिन्न २३ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज सार्वजनिक गर्नु भएको निर्णयहरुमा संघ अन्तर्गत रहने गरी ३०० शैयासम्मको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा नेपाल प्रवेश गर्ने नाकामा रहेका स्वास्थ्यकर्मीलाई नेपाल प्रवेश गर्ने कुनै यात्रुलाई कोरोना भाइरस लागेको शंका लागे तोकेको अस्पताल तथा स्थानमा राख्ने प्रयोजनका लागि आदेश जारी गर्नेलगायत छन् ।
त्यस्तै नारायणी नदीमा मिनी पानीजहाज सञ्चालनको बाटो मन्त्रिपरिषदले खुल्ला गरेको छ। पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नै नभएपछि सञ्चालनमा देखिएको अवरोध मन्त्रिपरिषदले खुल्ला गरिदिएको हो।
राइनो वाटर इन्टरटेन्मेन्ट प्रालि कम्पनी दर्ता भए पनि उद्योगका रुपमा दर्ता नभएका कारण नारायणीमा पानीजहाज चलाउन प्रक्रियागत कठिनाइ रहेको थियो। सोही कम्पनीले करिब १५ करोड खर्चेर ‘नेपाली क्रुज’ तयार गरिसकेको छ।
मन्त्रिपरिषद् वैठकले गरेका निर्णय यस्ता छन् –





















