काठमाडौं । केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज साँझ रात्रिभोज दिने हुने भएको छ ।
केन्द्रीय कमिटी बैठक समापन भएपछि केन्द्रीय सदस्यहरु सिधै वालुवाटार पुगेर रात्रीभोजमा सहभागि हुने बताइएको छ ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।
राष्ट्रियसभा गृहमा जारी बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि प्रचण्डले जवाफ दिएका हुन् । १५ समूहका तर्फबाट प्राप्त सुझाव र प्रश्नहरुमाथि अध्यक्षको जवाफपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बैठकलाई सम्बोधन गर्ने बताइएको छ ।
त्यस्तै संगठनात्मक प्रतिवेदन र बिधान संशोधन प्रस्तावमाथिको प्रश्नमा महासचिव विष्णु पौडेलले जवाफ दिनेछन् ।



















