काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ।
केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि उठाएका प्रश्न र प्राप्त सुझावहरुबारे सचिवालय वैठकमा छलफल भएको बताइएको छ ।
सचिवालय बैठक अघि दुई अध्यक्षबीच छलफल भएको थियो । दुई अध्यक्षबीचको छलफल र सचिवालय वैठकको निष्कार्ष अनुसार केन्द्रीय समिति बैठकमा अध्यक्ष र महासचिव प्रस्तुत हुने बताइएको छ ।
बुधबारदेखि राजधानीको राष्ट्रिय सभागृहमा केन्द्रीय समिति बैठक जारी छ। चार सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा छलफलमा लागि १५ वटा समूह बनाइएको थियो ।
समूहहरुले आआफ्नो प्रतिवेदन बुझाइ सकेका छन् । उनीहरुको प्रश्न र जिज्ञासाहरुको जवाफ अध्यक्ष र महासचिवले आज दिने र वैठक आजै टुंग्याउने तयारी रहेको बताइएको छ ।



















