काठमाडौं । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक ‘एसएसपी’ शौरभ शमशेर राणा निलम्बित भएका छन् । गृह मन्त्रालयले धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक राणालाई निलम्बन गरेको हो ।
यौन हिंसाको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट हुनसक्ने भन्दै निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा झापाकी एक विवाहित महिलाले किटानी जाहेरी दिएको बताइएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
निलम्बित एसएसपी राणाले आपूm माथि लागेको आरोप सत्य नभएको बताएका छन् ।



















