काठमाडौं । पुर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
नेकपा केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा बस्दैछ। यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको बताइएको छ । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रो पटक बस्न लागेको यो बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ र सात वटै प्रदेशमा प्रदेश अध्यक्षहरुले सांगठनिक रिपोर्ट आफ्नो प्रदेशका तर्फबाट प्रस्तुत गर्ने नेकपाले जनाएको छ ।
























