काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सरकारले प्रतिपक्षलाई पनि विश्वासमा लिएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।
आज प्रतिनिसभालाई सम्वोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले लामो रस्साकसीपछि सभामुखको चयन भएकोमा खुसि व्यक्त गर्नु भएको छ । उहाँले केही कानुन प्रतिकुल रहेका विधेयकहरुलाई अगाडी बढाउन नहुने पनि बताउनु भयो ।
देउवाले एमसीसी निकै अगाडीदेखि चरणबद्ध रुपमा आएको तथा यति धेरै आर्थिक सहायता मुलुकमा भित्रिन लागेकाले यसमा सबैको सहयोग रहनु पर्ने बताउनु भयो ।
त्यस्तै राजपा नेपालका सांसद महेन्द्रराय यादवले हाल जेलमा रहेका राजपाका सांसद रेशम चौधरीको मुद्दा रानजैतिक प्रकृतिको भएकाले उहाँलाई राजनीतिक हिसाबले व्यवहार गरिनु पर्ने बताउनु भयो ।
सभमुख सापकोटालाई आफ्नो दलको तर्फबाट सुभकामना दिदै विगतको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नको निम्ति सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।
उहाँले उखु किसानको समस्या अझै पनि समाधान भैनसकेकाले तत्काल उनीहरुको समस्याको समाधान गर्न पनि सरकारलाई आग्रह गर्नु भयो ।
समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले पनि दलका तर्फबाट नव निर्वाचित सभामुखलाई बधाई तथा सुभकामना दिदै प्रतिपक्ष र सत्तापक्ष दुवै मिलेर मात्रै लोककतन्त्रले पूर्णता हुने कताउनु भयो ।
द्वन्द्वको विषयलाई व्यक्ति व्यक्तिको मुद्दामा जान नहुेन र यसलाई वृहत शान्ति संझौताको मर्म अनुसार छिटो समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले एमसीसीको विषयमा पार्टी र गुटगत रुपमा धारणा आइरहेको भन्दै गहन रुपमा छलफल गरेर राष्ट्रिय रुपमा निश्कर्ष निकाल्नु पर्ने बताउनु भयो ।























