काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आज बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार सापकोटालाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखमा प्रस्ताव गरेका थिए ।
सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक रहेकाले सभामुखका लागि उनी उपयुक्त रहेको नेम्वाङले बताएका छन् ।
सापकोटालाई सभामुख बनाइयोस् भन्ने नेम्वाङको प्रस्तावलाई नेकपा सांसद देवप्रसाद गुरुङ, ओनसरी घर्ती र राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजालले कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिएका थिए । उनले सभामुखमा निर्वाचिन हुने सापकोटाका विगतका गल्ती बारे विभिन्न प्रश्न उठिरहेको बताउँदै अब उनले पदअनुसारको व्यवहार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा रहेको बताए ।

























