काठमाडौं । काँग्रेसभित्रको आन्तरिक विवाद समाधान भएको बताइएको छ । शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुबीचको छलफलले लामो समयदेखिको विवादलाई अन्त्य गरेको एक नेताले बताएका छन् ।
शीर्ष नेताहरुबीचका छलफलले पुस ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले वहुमतका आधारमा गरेको निर्णयमा केन्द्रीय महाधिवेशनबाहेकलाई फेरि केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने र सहमतिमा निर्णय गर्ने सहमति भएको बताइएको छ ।
त्यस्तै महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउने, विधानको दफा ३५ को २ (घ) बाहेक क्रियाशील सदस्यता फुकुवासँग जोडिएका निलम्बित दफाहरू फुकुवा गर्ने सहमति पनि भएको बताइएको छ ।
























