काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्याकुरेलले शुक्रबार बुझाएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राजीनामा पत्रमा उनले भनेका छन् ‘संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मिति देखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु ।’
प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध झलनाथ खनाल प्रधानमन्त्री हुँदा मन्त्री बनेका सापकोटाका बिरुद्धमा सर्वोच्च अदालतमा रिट हालेका थिए ।


























