काठमाडौं । पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड (१०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्नेलगायतका २० निर्णय गरेको छ ।
बिहीबार बैठकका निर्णयहरु सुनाउँदै सरकार प्रवक्ता एव् सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताए ।
त्यस्तै मन्त्री बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट पार्न नेता भीम रावललाई आग्रह गरेका छन् ।
रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका थिए ।
फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नमिल्ने भन्दै मन्त्री बास्कोटाले बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट धम्की दियो भन्ने प्रष्ट पार्न नेता रावललाई आग्रह गरेका छन् ।
यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय


























