काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आइतबार चियापान कार्यक्रमको आयोजना गरेको छ ।
प्रदर्शनीमार्गमा आयोजित चियापान कार्यक्रममा विभिन्न दलका नेता, मन्त्री, कुटनीटिक नियोगका प्रतिनिधिलगायतको सहभागिता थियो । निम्तालुलाई अध्यक्ष कमल थापालगायतले स्वागत गरेका थिए ।
वि।सं। १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।
भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता भनिन्छ ।
गणतन्त्रसँगै सार्वजनिक विदा नदिइएपनि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइदै आएको छ ।
























