काठमाडौं । राष्ट्रिय सूचना आयोगका नव नियुक्त पदाधिकारीहरुले आज पद तथा गोपनीयताको सपथ र पदभार ग्रहण गरेका छन् । नव नियुक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराउनु भएको हो भने प्रधानमन्त्री ओलीको उपस्थितिमा नव नियुक्त प्रमुख आयुक्त गुरुङले नवनियुक्त आयुक्तहरू रत्नप्रसाद (दीपक) मैनाली र कमला ओली थापालाई सपथग्रहण गराएका हुन् ।
प्रमुख आयुक्त र आयुक्तहरुलाई आयोग परिषरमा आयोगका सचिव र कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।























