काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित रहेको बताइएको छ ।
महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुपपर्ने बारे परामर्श गरेको बताइएको छ ।
आयोग गठन छिटो हुनुपर्नेमा आफू पनि सहमत भएको बताउँदै सभापति देउवाले सरकारले ल्याएका मिडिया काउन्सिललगायतका विवादास्पद विधेयक फिर्ता लिन आग्रह गरेको बताइएको छ ।























