काठमाडौं । राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सारेको छ । आज बिहान बसेको सचिवालय बैठकले पुस २३ का लागि तय गरिएको केन्द्रीय समिति बैठक माघ १५ देखि बस्ने निर्णय गरेको बताइएको छ ।
यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन पुस २७ गते हुने बताइएको छ । स्थायी कमिटी बैठकले पुस २३ मा केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको थियो । पार्टी एकतापछि नेकपा केन्द्रीय समितिको औपचारिक बैठक बसेको छैन ।























