काठमाडौं । सरकारले चारजना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ । पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चारजना नागरिकको भिसा दस्तुर तथा बिलम्व शुल्क ४ हजार ६ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा बताएका हुन् ।
पुस १४ गते बसेको मन्त्रिपरिषद् वैठकले गरेका १४ निर्णय यस्ता छन् –


























