काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टोलिफोन वार्ता भएको छ ।
आज विहान साढे १० बजे भएको फोन वर्तामा नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
वार्ताका क्रममा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे मोदीले चासो राख्नु भएको थियो । मोदीको शुभेच्छाको लागि ओलीले आफ्नो तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
टेलिफोन संवादको क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको थियो ।
ओलीले एक ट्विट गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गर्नु भएको छ ।
‘मैले भारतीय प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरेँ’, ओलीले लेख्नु भएको छ ‘सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सफल रहेको निष्कर्ष निकाल्यौं र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहेनमा हामीले विश्वास व्यक्त गर्यौं ।’
दुई देशका सकमकक्षीबीच भ्रमण वर्षको शुभकामना आदानप्रदान भए पनि सीमा-विवादबारे कुराकानी भएरनभएबारे खुलाइएको छैन ।



















