काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार बालुवाटारमा सभामुखका लागि पार्टीबाट उमेदवार चयन गर्नेबारे छलफल भएको थियो।
दुई अध्यक्षबीचको छलफलमा सहमति नजुटेपछि संसदको बैठक समेत प्रभावित भएको छ ।
बुधबारका लागि बोलाइएको बैठक एकदिन अघि नै सूचना टाँस आगामी पुस २७ गतेसम्मलाई सारिएको छ।
यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजिनामा दिएका थिए। महराको राजिनामापछि सभामुख पद रिक्त छ।
“बुधबार दिनको १:०० बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले नेपालको संविधान बमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अको बैठक मिति २०७६ साल पुस २७ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण भएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ” संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएको छ।























