काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई दर्जन कार्यकर्ता प्रदर्शनीमार्गबाट पक्राउ परेका छन् ।
विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला उनीहरुलाई पक्राउ गरेर पुलिस क्लबमा लगिएको छ।
सीमा विवादको निहुँमा सरकार विरोधी प्रदर्शन गर्ने र आफ्नो राजनीतिक उपस्थिति देखाउने तयारीमा उनीहरु थिए ।
सरकारले प्रतिवन्ध लगाएको नेकपाका जनवर्गीय संगठनले संयुक्त विरोध कार्यक्रम आयोजना गर्न लागेका थिए । सोही क्रममा प्रहरीले प्रतिबन्धित नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित दुई दर्जन कार्यकर्तालाई पक्राउ गरेको हो ।
आइतबार विप्लव समूहमा सक्रिय मेची–कोशी इन्चार्ज उमा भुजेललाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको थियो । उमालाई वराह क्षेत्र नगरपालिका भरौलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी द्वन्द्वका बेला गोरखामा जेल तोडेर भागेकी थिइन् ।
























