काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले भातृसंगठनलाई चाडै पूर्णता पाउने बताएका छन् ।
आफ्नै निवास बोहोराटारमा नेपाल विद्यार्थीसंघका प्रतिनिधिसँगको भेटमा पौडेलले भातृ संगठनलगायतका बिवाद सामाधान गर्नको लागि पार्टीभित्र गम्भीर छलफल भइरहेको बताए ।
पार्टीभित्र नेविसंघको विबादलाई लिएर किचलो भई रहेको बेला नेविसंघका प्रतिनिधिहरुले विवाद समाधान गर्नको लागि पौडेललाई भेटेका थिए।
पार्टीले निर्णय लिन ढिलाई गरेका कारण नेविसंघको विबाद बढ्दै गएको भन्दै चाडै समस्या सामधान गर्न पौडेललाई आग्रह गरेको थियो । यता पार्टीभित्र १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर जानुपर्ने अडान राख्दै आउनुभएका नेता पौडेलले पार्टीको बैठक निरन्तर बहिष्कार गदै आउनुभएको छ । पार्टी कार्यालय सानेपामा आज बोलाइएको बैठक सहमतिका लागि भन्दै एक दिन पर सारिएको नेपाली काँग्रेसले जनाएको छ । कांग्रेसमा भातृसंस्था नेपाल तरूण दलको म्याद छ महिना थप र नेविसंघको केन्द्रीय समिति गठनबारे विवाद बढदै गएको छ। पौडेल पक्षले प्याकेजमै सहमति हुनुपर्ने माग राख्दै आएको छ ।

























