चीन । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने उयगुर स्वशासीत क्षेत्रमा गत एघार महिनामा गरिबी रेखा मुनीमा परेका लागि ७५ हजार रोजगारी सृजना भएको छ ।
स्थानीय अधिकारीले दिएको जानकारीअनुसार सन् २०१९ का सुरुका ११ महिनामा त्यति रोजगारी सृजना भएको हो ।
गत नोभेम्बरको अन्त्यसम्मको विवरणमा कुल ७५ हजार ९३३ रोजगारी सृजना भएको उल्लेख गरिएको छ ।
दक्षिणी सिङजियाङका गरिबीबाट प्रभावित २२ ठाउँका गरिब समुदायका व्यक्तिका लागि ती रोजगारी सृजना गरिएका हुन् ।
जनशक्ति र सामाजिक सुरक्षासम्वन्धी क्षेत्रीय विभागका अधिकारीले दिएको जानकारीअनुसार सिङजीयाङले सृङ्खलावद्धरुपमा सिप विकाससम्वन्धी निःशुल्क तालिम सञ्चालन गरेको थियो ।
सिप विकाससम्वन्धी तालिम तथा कार्यक्रम झण्डै एक लाख ८० हजार जना स्थानीय गरिब समूदायका व्यक्तिका लागि सञ्चालन गरिएको थियो । एजेन्सी