काठमाडौं, । सङ्घीय संसद्को पाँचौ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न ४ः०० बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।
हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । संसदकै कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि उनले राजीनामा दिएका थिए ।
शुक्रबारको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सञ्चालन गर्ने बताइएको छ । संविधानको धारा ९१ (४) को व्यवस्था अनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने संसद सचिवालयले जनाएको छ । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।
नेकपा स्रोतका अनुसार उपसभामुख तुम्वाहाम्फेले पहिलो वैठक सञ्चालन पछि राजीनामा दिने र सभामुख र उपसभामुखको नयाँ चयन हुने छन् ।
संसदलाई थुप्रै विषयमा व्यस्त रहनुपर्ने भएपनि ठूला दलहरुले आवश्यक तयारी नगर्दा कतिपय विधेयक अलमलमा परेका छन् । निजामति विधेयकमा सहमति जुटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कांग्रेससँग छलफल शुरु गरेका छन् भने मिडिया विधेयक राष्ट्रिय सभाको विधान समितिमा विचाराधिन अवस्थामै छ ।
नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गतेदेखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनको प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।
नेकपाले सभामुख निर्वाचनका लागि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न निर्देशन दिएको भएपनि उनले सभामुखमा दाबी गरिरहेकी छिन् । पहिलो बैठक शुरु गरेर मात्र राजीनामा दिने उनको चाहना अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङले सहजीकरण गरिदिएको नेकपा स्रोतले जनाएको छ ।
यसैबीच उपसभामुख तुम्बाहाम्फेले बिधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने सबै काम गर्न थालेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले बिरोध गर्दै आएको छ । सभामुखकै हैसियतामा उनले गरेको सूचना आयोगका पदाधिकारीको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ ।
नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गतेदेखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनको प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।
सभामुखको चयन गर्ने काममा सत्तारुढ दलभित्रै तनाव देखिएको छ । सभामुख पूर्व एमालेले पाउने कि विगतका भागवण्डा अनुसार पूर्व माओवादीले पाउने भन्नेमा मतभेद देखिएको छ । पुष्पकमल दाहाल पक्षले आफ्नो मानिस सभामुख हुनुपर्ने भन्दै त्यसका लागि प्रयास गरेको छ भने प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले सुवास नेम्वाङलाई सभामुखको बनाउन चाहेको बुझिएको छ । पार्टी एकता भइसकेकाले पूर्व माओवादी वा पूर्व एमालेको भन्दा पनि नेकपाको नेता सभामुख बन्ने भएकाले यो पक्ष र त्यो पक्ष भनेर भागवण्डा खोज्नु अर्थहीन हुने केही नेताहरुको भनाइ छ । नेकपामा सभामुख बन्न धेरै नेता इच्छुक देखिएपनि नेम्वाङको सम्भावना बलियो देखिन्छ ।
आउँदा दिनहरुमा जटिल परिस्थिति देखिन सक्ने र सम्वैधानिक एवं राजनीतिक संकट बढेर आउने अवस्थामा संसदलाई तटस्थ रुपमा हाँक्न सक्ने अनुभवी व्यक्तिको खाँचो रहेको वताउँदै एक राजनीतिक विश्लेषकले त्यस्तो व्यक्ति नेम्वाङ नै हुन सक्ने विश्लेषण गरेका छन् ।
यस्तो छ आजको कार्य सूची


























