काठमाडौं । मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले २१ निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयहरु सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न थप ११४ वटा बोर्डर आउट पोस्ट ‘बीओपी’ स्थापना गर्ने निर्णय गरेको वताएका छन् ।
त्यस्तै मन्त्रिपरिषद बैठकले सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय समेत गरेको छ । त्यस्तै महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा.अमित जोशीको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।
त्यस्तै बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका २ जना अधिकृतलाई सरुवा गर्ने निर्णय पनि गरेको छ । सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बालकृष्ण घिमिरेलाई सुदुरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।
बैठकले सरकारी सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइवी’ को छानविन समितिको म्याद २०७६ मंसिर २८ देखि पुस २८ सम्मका लागि एक महिना थप गर्ने निर्णय समेत गरेको छ ।
यसैवीच मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धीे सम्झौता संसदबाट पास हुने दावी गरेका छन् । उनले भने “यो डेमोक्रेसी, सुशासन, पारदर्शीता र मानवअधिकार भएका देशहरूमा अमेरिकाले दिने एउटा सहयोग हो । यो पास हुन्छ ।”
कुनै पनि सैन्य–गठबन्धनमा नेपाल सहभागी नहुने प्रस्ट्याउँदै बास्कोटाले भने “बारबार भन्दै आएका छौं, हामी कसैको सैन्य गठबन्धनमा सहभागी हुन्नौं, हाम्रो परराष्ट्र पोलिसी त्यही हो, यसमा के अल्मलिनुप¥यो ।”
एमसीसी इन्डो–प्यासिफिक रणनीतिकै अंग भएको दाबी गर्दै नेकपाका नेताहरु भीम रावल, देव गुरुङ, योगेश भट्टराईलगायतका केही नेताहरूले एमसीसीसम्बन्धी सम्झौता संसदबाट अनुमोदन गर्न नहुनेमा जोड दिइरहेका छन् । तर एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको दाबी गर्दै प्रवक्ता बास्कोटाले एमसीसी ०१२÷१३ तिरै आएको बताउँदै त्यतिखेर इन्डो–प्यासिफिक भन्ने शब्दावली थियो ? भन्ने प्रश्न गरेका छन् ।
यस्ता छन् २१ निर्णयहरु



























