काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अधिकार दुरुपयोग गरेबापत् महाभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदन ‘हाउस अफ रेप्रेजेन्टेटिभ्स’ले मा भएको मतदानमा उनलाई महाभियोग लगाउने पक्षमा २३० मत परेको छ भने विपक्षमा १९७ मत परेको छ । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि लगाइएको थियो जसको पक्षमा २२९ भोट खसेको छ भने विपक्षमा १९८ मत परेको छ ।
मतदानमा अधिकांश डेमोक्रयाटहरूले ट्रम्पको विपक्षमा र रिपब्लिकनहरूले उनको पक्षमा मतदान गरेका थिए । अब यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले राष्ट्रपति ट्रम्पको भविष्यको निर्णय गर्नेछ । राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ ।
सिनेटको दुई तिहाइले महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेछ । सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीका सदस्यहरूको बहुमत छ । त्यसैले ट्रम्प पदबाट हट्ने सम्भावना कम रहेको राजनीतिक विश्लेषकहरुको तर्क छ । तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।























