काठमाडौं । सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ गरेको छ । प्रमुख प्रशासक चौधरीसँगै उपप्रशासक जय रेग्मी पनि पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनीहरु दुवैले घुस वापतको रकम लिएपछि फिर्ता गरेको भेटिएपछि उनीहरुलाई त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरी हिरासतमा लिएको अख्तियारले जनाएको छ ।



















