पाकिस्तान । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टले यो फैसला सुनाएको हो । पाकिस्तानको तीन सदस्यीय विशेष अदालतले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्ड सुनाएको छ ।
मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । दुबईमा उपचारत मुर्सरफले भने आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दा निराधार भएको बताएका छन । उनले भनेका छन्, देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’ -एजेन्सी
























