काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइतबार केन्द्रीय कमिटी वैठक छल्न ताप्लेजुङको पाथीभरा मन्दिर परिवार सहित पुगेका छन् । सभापति शेरबहादुर देउवासमक्ष पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाएर तत्काल सार्वजनिक गर्र्न माग गर्दै आएको पौडेल समूहले बिहीबारको वैठक पनि वहिस्कार गरेको थियो ।
केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्नु अघि पौडेल समूहका नेताहरु प्रकाशमान सिंहको निवासमा भेला बोलाएका थिए । सो भेलामा पार्टीका महामन्त्री डा. शशांक कोइराला पनि सहभागी भएको बताइएको छ ।
नेताहरुको बहिष्कार, फरक फरक भेला र बैठकले काँग्रेसको भविष्यमाथि नै अहिले प्रश्नचिन्ह उठिरहेको छ । सभापति देउवाको कार्यकाल आगामी फागुनमा सकिदैंछ । तर सभापति देउवाले आफनो कार्यकाल सकिन लाग्दा समेत महाधिबेशन गर्ने तयारी नगरेर समय लम्वाउने रणनीति अख्तियार गरेपछि पौडेल समुहले दवाव स्वरुप वैठक वहिस्कार गरेको हो ।
पौडेल समुहको दबावको बेवास्ता गर्दै सभापति देउवाले केन्द्रिय समितिको बैठकबाटै एकवर्ष म्याद थप गर्ने र आफु अनुकुलको बिभाग गठन पछि मात्र महाधिबेशनको कार्यतालिका बनाउने गरी रणनीति अगाडि बढाएका छन । त्यसको लागि सभापति देउवाले तत्कालै बरिष्ठ नेता पौडेलसँग समेत छलफल गर्न लागेका छन । सो कुराको संकेत सभापति देउवाले चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा पौडेल समुहको भेला चलिरहेको बखत नै बरिष्ठ नेता पौडेललाई फोन गरेर कफी खान तपाई कहाँ आउँछु भन्दै सो कुराको जनाउ दिन खोजेका हुन । देउवाले जसरी पनि पौडेल समुहलाई मनाएर कार्यकाल लम्वाउन र आफुअनुकुलको समय पारेर महाधिबेशन गर्ने भएका छन । त्यसका लागि पौडेल समुहलाई फकाउन र गलाउनका लागि उनले काँगे्रस भित्रकै आफना निकवटर्तीहरुलाई परिचालन समेत गरेका छन् ।
बरिष्ठ नेता पौडेल समूहलाई फकाउन शनिबार देउवा पौडेल निवास वोहोराटार पुगेका थिए । तर पौडेल समूहले आफ्नो अडान नछोडेपछि देउवा अप्ठ्यारोमा परेका छन् ।
पौडेल निकट एक काँग्रेस नेताले दिएको जानकारी अनुसार महाधिवेशनको कार्यतालिकालाई जारी केन्द्रीय कार्यसमितिको एजेण्डा बनाउने सहमति नभएसम्म बैठकमा नजाने नेताहरुको अडान कायमै राखेका छन । सभापति देउवाले भेट्दा पनि पौडेलले धेरै कुराकानी नगर्ने सहमति भएको छ । संस्थापन पक्षसँग औपचारिक सम्वाद गर्न पूर्वमहामन्त्री प्रकाशमान सिंह र हृदयराम थानीलाई जिम्मा दिइएको छ ।
पौडेल निवास पुगेका देउवाले बिभाग गठन र नेबिसंघको कार्यसमितिको म्याद थपका बिषयमा सघाउन पौडेलसँग आग्रह गरेको बताइएको छ । जवाफमा नेता पौडेलले पहिलो शर्त नै १४ औं महाधिबेशनको तयारीको लागि कार्यतालिका अगाडि तेर्साएपछि वार्ता असफल भएको बताईन्छ । सभापति देउवाले आफुलाई सघाउन पटक पटक गरेको आग्रहलाई नेता पौडेलले महाधिवशनसँग जोडेर शर्त अगाडि सारेसँगै थप कुराकानी अगाडि बढन सकेन ।
उता सभापति देउबा भने कुनै पनि हालतमा यो बर्ष महाधिबेशन नगर्ने रणनीतिमा छन । यतिखेर महाधिबेशनको कार्यतालिका सार्वजनिक गर्दा आफ्नो अलोकप्रियता बाहिरिने डर देउवामा छन । सभापति देउवाले उपनिर्वाचनको सन्दर्भमा पोखरा पुगेर प्रधानमन्त्री केपी ओलीको सल्लाहमा नै भारतले नेपालको भुमी उसको नक्सामा समेटेको अभिब्यक्तिले दिएका थिए । सभापतिको उक्त भनाई सार्वजनिक रुपमा निकै आलोचित पनि भयो । चार चार पटक मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिले सार्वजनिक रुपमा यस्तो हल्का टिप्पणी गर्न नहुने भन्दै पार्टी भित्र र बाहिर उनको निक्कै आलोचना भएपछि पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले बिज्ञप्ति नै निकाल्नु परेको थियो ।
यसैगरी देउवाकै कार्यकालमा भएको संघीय, प्रादेशिक र स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस यसरी नराम्रोसँग पराजय भएकी भनि साध्य नै छैन । मुलुकको सात प्रदेश मध्ये एउटामा पनि उसले सरकार बनाउन सकेन । सातै प्रदेशमा उ कमजोर प्रतिपक्षको रुपमा उभिएको छ । यी सबै कुराको हिसावकिताव गरेर नै सभापति देउवा तत्काल महाधिबेशन रोकेर आफ्नो कार्यकाल बढाउन लागेको बताईन्छ ।
पौडेल समूहको वहिस्कारका बीच सभापति देउवाले बिहीबारको वैठकमा विभिन्न निर्णय गराएपछि ‘पेलेरै निर्णय गर्ने हो भने किन वैठक बोलाउनु पर्यो ?’ भन्ने वरिष्ठ पौडेलको तर्क छ । महाधिवेशन आइरहेका बेला विभागको गठन र संख्या बढाउने कुरा उपयुक्त नहुने पौडेल, कृष्ण सिटौलालगायतका नेताहरुको तर्क छ । प्रतिपक्षको भूमिका समेत सही ढंगले प्रस्तुत हुन नसकेको भन्दै केन्द्रीय सदस्यहरुले नै आरोप लगाएका बेला देउवा, पौडेल, सिटौला, कोइरालालगायतका नेताहरुले सामान्य विषयमा समेत असामान्य व्यवहार देखाउँदा कार्यकर्ताहरुमा थप निरासा देखिएको छ भने पार्टी झन कमजोर हुने स्थितिमा पुगेको छ । पौडेलले वैठक वहिस्कार गरेर हिड्नु र सभापति देउवा वहुमतका आधारमा निर्णय गर्नुले पार्टीभित्रको विवाद तत्काल टुंगिने अवस्था देखिदैन ।
नेता पौडेल पक्ष निकट केन्द्रीय सदस्य दिलेन्द्र बडूले १४औँ महाधिवेशनको कार्यतालिका यही बैठकबाट सार्वजनिक गर्नुपर्ने आफूहरुको ‘बटम लाइन’ भएको बताएका छन् । आफ्नो माग पूरा नभएको भन्दै नेता पौडेल पक्षका नेताहरु आजको केन्द्रीय समिति बैठकमा पनि उपस्थित भएनन् । नेता पौडेल पक्षको उपस्थिति नभए पनि बैठक नियमित सञ्चालन भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
पार्टीको विधानअनुसार नियमित समयमा महाधिवेशन भए आगामी फागुनमा १४औँ महाधिवेशन हुनुपर्ने हो । तर अहिलेसम्म महाधिवेशनका लागि कुनै तयारी नदेखिकाले विधानअनुसार वर्तमान केन्द्रीय समितिको अवधि एक वर्ष थपिने लगभग निश्चित छ ।
कांग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । कांग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।
























