काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन आज पेश गर्नुभएको हो । त्यस अवसरमा निर्वाचन आयोगका आयुक्तहरुको उपस्थिति थियो ।