काठमाडौं । गत मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने बताइएकोछ ।
प्रधानमन्त्री ओलीलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा जनाएअनुसार प्रधानमन्त्री ओली अप्रेसनपछि पूर्ण स्थास्थ्यलाभ गरेर दिउँसो ३ बजे अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेको बताइएको छ । एपेन्डिसाइटिसको अप्रेसन गरिएको प्रधानमन्त्री ओलीलाई इन्फेक्सन नहोस् भनेर अस्पतालले आईसीयुमा राखेर उपचार गरिरहेको छ । प्रधानमन्त्री ओलीले दुईचार दिन अघि नै डिस्चार्ज हुन खोजेपनि अस्पतालले केही दिन चिकित्सककै निगरानीमा बस्ने सुझाव दिएको थियो ।


















