काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गरिने निर्णय गरेको छ ।
पार्टी मुख्यालय धूम्बाराहीमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको मिर्गाैलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ ।
वैठकले प्रम ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।



















