जर्मनी, ः युरोपेली विमानकम्पनी एयरबसले आफ्ना १६ कर्मचारीलाई जासुसी गरेको आरोपमा बर्खास्त गरेको छ ।
उनीहरूले कम्पनीको नियमविपरित अन्य संस्थाका लागि जासुसी गरेको आरोप लागेपछि बर्खास्त गरिएको हो ।
जर्मनीको राष्ट्रिय समाचार संस्था (डीपीए) का अनुसार एयरबसले १६ कर्मचारीलाई बर्खास्त गरेको पुष्टि गरेको छ तर यस विषयमा विस्तृत विवरण उनीहरूलाई दिइएको छैन ।
कम्पनी निकट स्रोतले भन्यो, “जर्मनीका अभियोजनकर्ताले जर्मनीको सुरक्षाकर्मीसँग सम्बन्धित दुई सुरक्षा कार्यक्रममा एयरबसका कर्मचारीमाथि आन्तरिक जासुसी गरेको आशङ्कामा अनुसन्धान गरिरहेका छन् ।”
“हाम्रा केही कर्मचारीसँग उनीहरूसँग उपलब्ध नहुनुपर्ने कागजात भेटिएको छ,” स्रोतले भन्यो ।
उक्त स्रोतका अनुसार उनीहरूले म्युनिकस्थित प्रोग्राम लाइन कम्युनिकेसन्स, गुप्तचर र सुरक्षा (सीआईएस) मा साइबर सुरक्षा तथा सम्बन्धित गतिविधिका लागि काम गर्थे ।
यस विषयमा एयरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानुनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ ।
कम्पनीले सम्बन्धित अधिकारीलाई मुद्दामा अनुसन्धानका लागि समन्वय गरिरहेको छ, एयरबसले यस पहिले नै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
बर्खास्तमा परेका एयरबसका कर्मचारीसँगबाट सञ्चार प्रणालीलगायत अन्य विषयमा सूचना लिने जर्मनीको सेनाका गोप्य फाइलहरू नियन्त्रणमा लिइएको जर्मनीको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । (रासस÷एएफपी)