म्याड्रिड, संयुक्त राष्ट्रसङ्घले प्रकृतिविरूद्धको युद्धलाई रोक्न विश्व समुदायलाई आग्रह गरेको छ ।
आइतबार जलवायु परिवर्तनसम्बन्धी एक प्रमुख सम्मेलनमा सहभागीताका लागि म्याड्रिडमा रहनुभएका राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले अब सबै एक भएर जलवायु परिवर्तनबाट हुने असर कम गर्न विश्व समुदाय एक हुनुको विकल्प नरहेको बताउनुभयो ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण निम्तिएका भयानक असरहरूबारे सचेत बन्न विश्व समुदायलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “हामीले प्रकृतिविरूद्धको लडाइँलाई रोक्नुपर्छ ।”
उहाँले थप्नुभयो, “केही दशकदेखि मानवजगत् आफ्नो स्वार्थका लागि यस ग्रह (पृथ्वी)को हितविपरीत काममा तल्लिन भयो । जसका कारण अस्वभाविकरूपमा विश्वव्यापी तापक्रम वृद्धि भएको छ ।”
“अहिले मानव लापरवाहीका कारण पृथ्वीमा देखिएका परिवर्तनले भयावहस्थिति ल्याउने खतरा आएको छ । विश्वका प्रमुख अर्थतन्त्रहरूले कार्बन उत्सर्जनलाई रोक्ने अभियानमा आनाकानी गर्नु ‘अत्यन्तै अनुचित’ काम हो ।”
“हामीले प्रकृतिविरूद्धको लडाईँलाई रोक्नुपर्छ र विज्ञानले भन्छ; यो गर्न सम्भव छ,” उहाँले थप्नुभयो । (रासस÷एएफपी)