केही वर्षअघिसम्म रकम जम्मा गर्न मानिसहरू बैंक धाउँथे । आजकाल वित्तीय पहुँच सहज भएकाले बैँकर्सहरू आकर्षण नारा दिएर ग्राहकका घरदैलामा पुग्न थालेका छन् ।
उनीहरूले आफ्ना संस्थाले दिने बचतमा ब्याज, ऋणमा लाग्ने ब्याजदर, लगानीका क्षेत्र, जोखिमको अवस्थाका सम्बन्धमा घरदैलासम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेपछि बैंकप्रतिको विश्वास बढ्दै गएको छ । विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्षभन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता छ ।
नागरिकलाई सर्वसुलभरूपमा गुणस्तरीय वित्तीय सेवा पु¥याउनु केन्द्रीय बैंकको महत्वपूर्ण काम मानिन्छ । ऋणी श्यामसुन्दर श्रेष्ठ भने बैकप्रति अलग्गै धारणा राख्नुहुनछ । उहाँले शुरु शुरुमा चित्तबुझ्दो गरी सेवाग्राहीलाई रिझाउने र पछि एक वर्ष नपुग्दै कर्जामा चर्का ब्याज वृद्धि र बचतमा कम ब्याज दिएर ग्राहकलाई झुलाइराखेको बताउनुहुन्छ ।
बैँकको ब्याजमा एकाधिकार रहेको व्यापारी कृष्णसुन्दर माकाजुको भनाइ छ । “कुन बैँकमा बचत गर्ने सेवाग्राही रनभुलमा परेका छन् ।” उहाँले भन्नुभयो । चर्को ब्याजदरको अलवा बैंकहरूले विभिन्न बहानामा सेवा तथा अन्य शुल्क थुपारेर ऋणीहरूको चित्त दुखाइरहेको गुनासो छ । बैँकहरूले व्यापक नाफाआर्जन गरेका छन् । उनीहरूले आफ्नो नाफा विभिन्न पत्रिकामा प्रकाशित गरेर ग्राहकमा आप्mनो विश्वास जमाउन खोजेको देखिन्छ भने अर्कातिर बैँंकका प्रमुख कार्यकारीेहरूले उल्लेख्य तलब भत्ता बुझिरहेका छन् ।
अर्थशास्त्रका जानकार भवानी खनालका अनुसार वित्तीय सेवामा नागरिकको पहुँच स्थापित हुनु महत्वपूर्ण हो । तर, नागरिकमा वित्तीय सेवाको उपयोग गर्ने चाहना र आवश्यकता दुबै हुनुपर्ने तथा वित्तीय पहुँच सुनिश्चित हुन वित्तीय सेवाको आपूर्ति र माग दुबै पक्ष सुदृढ हुन जरुरी छ भन्नुहुन्छ ।नेपाल जीवनस्तर सर्वेक्षण २०६६/६७ का अनुसार ४० प्रतिशत घरपरिवार ३० मिनेटभित्र वाणिज्य बैंकमा पुग्न सक्ने स्थिति रहेको छ । तर ग्रामीण र शहरी क्षेत्रमा वित्तीय पहुँचमा उच्च भिन्नता देखिएको छ ।
शहरी क्षेत्रमा ८९ प्रतिशत जनता ३० मिनेटभित्र नजिकको वाणिज्य बैंकको शाखामा पुग्न सक्छन् भने ग्रामीण क्षेत्रमा २७ प्रतिशत जनता मात्र यो समयमा नजिकको वाणिज्य बैंक शाखामा पुग्ने स्थिति रहेको छ । एक घण्टाभित्र वाणिज्य बैंक पुग्न सक्ने घरपरिवार तराई क्षेत्रमा ७५ प्रतिशत, पहाडमा ४५ प्रतिशत र हिमालमा १७ प्रतिशत रहेको छ । वाणिज्य बैंकमा पुग्न लाग्ने औसत समय शहरी क्षेत्रमा १६ मिनेट र ग्रामीण क्षेत्रमा १३५ मिनेट रहेको छ ।
सो सर्वेक्षणका अनुसार करीब २० प्रतिशत घरपरिवारले मात्र बँैक तथा वित्तीय संस्थाबाट कर्जा लिएको देखिएको छ । नेपाल राष्ट्र बैँंकको सर्वेक्षण अनुसार सन् २०१४ मा कूल वयस्कमध्ये ४० प्रतिशतको बैंक सेवामा पहुँच रहेको देखिएको छ । सर्वेक्षण अनुसार शहरी क्षेत्रका ५६ प्रतिशत र ग्रामीण क्षेत्रका ३६ प्रतिशत वयस्कको बैंङ्किङ सेवामा पहुँच रहेको देखिएको छ ।
विश्व बैंकले अघिल्लो वर्ष गरेको सङ्घीय संरचनामा लघुवित्त सेवाको पहुँचसम्बन्धी अध्ययन अनुसार ८१ प्रतिशत घरपरिवार आधा घण्टा भन्दा कम समयमा कुनै न कुनै वित्तीय संस्थामा पुग्नसक्ने स्थिति देखाएको छ ।
बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालेपछिको एक दशकको अवधिमा बँैक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएको छ । सो अनुसार २०७१ असारमा बैँक तथा वित्तीय संस्थाको सङ्ख्या २०४ रहेकोमा २०७५ असारमा १५१ मा झरेको छ भने केही नयाँ लघुवित्तीय संस्थाको इजाजत थपिएकोले २०७६ साउनमा १७१ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको छ । विगत चार वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या दोब्बर भई २०७६ साउनमा ८८०५ पुगेको छ । २०७५ असारमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ६६५० रहेको थियो ।
सरकारले सबै स्थानीय तहमा वाणिज्य बैँंकको कम्तीमा एक शाखा पु¥याउने नीति छ । सोअनुरूप २०७६ असारसम्म ७३९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएकोे छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालका अनुसार मङ्सिर ४ गते सम्म नेपालभर वाणिज्य बैँंकको सङ्ख्या बढेर ७४१ पुगेको बताउनुहुन्छ ।
मोबाइल बैंङ्किङ् प्रयोगकर्ताको सङ्ख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करीब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ । यस अवधिमा इन्टरनेट बैँंङ्किङ् प्रयोगकर्ताको सङ्ख्या पाँच लाखबाट बढेर नौ लाख पुगेको छ । बैंँक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै यी संस्थामा निक्षेप र कर्जा खाताको सङ्ख्या उल्लेख्य बढ्दै गएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैँंक, विकास बैंँक र वित्त कम्पनीमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिन्छ । २०७५ असार मसान्तमा यस्तो सङ्ख्या १३ लाख एक हजार रहेको थियो ।
विसं २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंँक, विकास बैंँक र वित्त कम्पनीमा खोलिएका व्यक्तिगत निक्षेप खाताको सङ्ख्या दुई करोड ७८ लाख ६७ हजार पुगेको छ । २०७५ असार मसान्तमा यस्तो सङ्ख्या दुई करोड ३५ लाख ४५ हजार रहेको थियो ।