काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको चिकित्सकले बताएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराउनु जानु भएका प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको पाइएपछि अपरेसनको तयारी गरेको डा. अरुण सायमीले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएपछि डायलासिस गर्दै आउनु भएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा प्लाज्मा फेरेसिस् गरिएको थियो भने पछिल्लो समय राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको चार पटक मिर्गौलाको डायलासिस गरिँसकिएको छ । चिकित्सकहरुले किन नियमित डायलासिस गर्नुपर्ने कि त मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।