काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागिय प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ मंसिर ०३ गतेको निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक उपरथी सिंहलाई आइतबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति थापाले दज्र्यानी चिन्ह प्रदान गर्नु भएको हो ।
सिंहलाई ईन्जिनियरिङ्ग विभागका विभागिय प्रमुखको जिम्मेवारी दिईएको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।