परासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको दावी गर्दै मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे बताए । उनले यसलाई अझै तीव्रता दिन आवश्यक रहेको र नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले अबको दश वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै अझै गर्नुपर्ने धेरै कुरा रहेको र मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पु¥याउनुपर्ने दायित्व नेकपाको काँधमा रहेको पनि बताए ।
अध्यक्ष दाहालले पार्टीले अव प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्ता माझ जाने पनि बताए ।
























